

सनुका गहना लिएर फरार दुईजना रुपन्देहीबाट पक्राउ



बुटवल । रूपन्देहीको सैनामैनाबाट एक वृद्धलाई फलाम दिई हातमा लगाएको सुनका गहना लिई फरार हुने दुई जना रूपन्देहीकै कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् ।
हेर्दा सुनजस्तो देखिने रंग लगाएको सुनौलो रंगका ९ वटा फलामको ढिक्का दिएर बुटवल–१७ की ४० वर्षीया धन सोमैको साथबाट हातमा लगाउने ब्रासलेट ९सुनको चेन० लिएर फरार भएकालाई प्रहरीले बताएको छ । पक्रउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका–९ धुसवाका ३७ वर्षीय काके उपनामका धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ घर भई रूपन्देहीको कञ्चन–१ हात्तीबजार बस्ने ३७ वर्षीय कोनविन भनिने देवबहादुर मगरलाई प्रहरीले शनिबार कञ्चनको हात्तीबजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेंलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान, विभिन्न कम्पनीका ४ सेट मोबाइल, गोल्डेन रंगसहितको १ थान बट्टा, पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरिएको प्रवक्ता उहाँको भनाय छ । पुरानो बाँकी पैसा दिने बहाना बनाएर यही जेठको ५ गते सैनामैना १० शितलापुरस्थित एक होटलमा बुटवल उपमहानगरपालिका–१७ की सोमैलाई बोलाई पक्राउ परेका उनीहरुले त्यसै बेला सोमैलाई झुक्याएर सुनजस्तो देखिने ९ थान फलामको ढिक्का दिएर हातमा लगाएको सुनको ब्रासलेट (चेन) लिएर फरार भएका थिए ।
ठगी गरेर फरार रहेका व्यक्तिहरु कञ्चनको हात्तीबजारमा छन् भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुउपर ठगीसम्बन्धी कसूरमा रूपन्देही जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको पनि प्रवक्ता पौडेलले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया