

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

एजेन्सी
विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा सो चेतावनी दिएका हुन् ।
चीनमा कोरोनाभाइरस लकडाउनको श्रृंखलाले सुस्तताको चिन्ता थपिरहेको उनले बताए । विश्व अर्थतन्त्र संकुचित हुन सक्ने जोखिमबीच उनको पछिल्लो चेतावनी हो ।
‘विश्वव्यापी जीडीपीलाई हेर्दा हामी कसरी मन्दीबाट बच्न सक्छौं भनेर हेर्न गाह्रो छ’, उनले भने । ‘उर्जा मूल्य दोब्बर गर्ने विचार आफैंमा मन्दी निम्त्याउन पर्याप्त छ’, उनले थपे । गत महिना, विश्व बैंकले यस वर्षको लागि आफ्नो विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण ३ दशमलब २ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । कूल ग्राह्स्थ उत्पादन आर्थिक बृद्धिको एउटा उपाय हो । अर्थतन्त्र कति राम्रो वा नराम्रो तरिकाले चलिरहेको छ र अर्थशास्त्रीहरू र केन्द्रीय बैंकहरूले यसलाई नजिकबाट हेरेका छन् भनेर मापन गर्ने यो सबैभन्दा महत्वपूर्ण तरिका हो ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया