लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ।

कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए। गुप्ताले ५ हजार ५९६ मत पाए।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन्।

६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन्।

प्रतिक्रिया

खबर सबै