
मायादेवीमा अल्लाहको प्रार्थना र स्वस्ती वाचन गरी पदभार ग्रहण

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको दुवा ९अल्लाहको प्रार्थना० र हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गरेका छन् ।
वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ग्रहण गरे । अध्यक्ष मुसलमानले कुर्सीमा बस्नुपूर्व मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका मौलाना मोहम्मद तारिखले दुवा गरे भने मायादेवी १ का पुरोहित जनार्दन मिश्राले स्वस्ती वाचन गरे ।
त्यसैगरी उपाध्यक्ष सरस्वती यादवले पनि अध्यक्ष मुसलमानले जस्तै मौलानाबाट दुवा र पुरोहितबाट स्वस्ती वाचन गराएर पदभार ग्रहण गरिन् ।
‘अध्यक्षसहित गाउँपालिकाका प्रतिनिधिबीच आपसी मित्रता बढोस्, जनताको काम गर्न तत्परता मिलोस र गाउँपालिकाको विकास होस् भनी दुवा दिएको छु’ मौलाना मोहम्मद तारिखले भने ।
हिन्दू पुरोहित मिश्राले पदभार ग्रहणका क्रममा अध्यक्ष र उपाध्यक्षले सामाजिक सदभावको नमुना प्रस्तुत गरेको बताए ।
पदभार पछिको कार्यपालिकाको पहिलो बैठकले तीनवटा निर्णय गरेको अध्यक्ष वलिउद्धिन मुसलमानले जानकारी दिए ।
शिशु र गर्भवतीको सुरक्षालाई ध्यानमा राखी प्रत्येक वडामा एम्बुलेन्स सञ्चालन गर्ने, बालविकास शिक्षा प्रवर्द्धन गर्ने र फुसको छानामुक्त गाउँपालिका बनाउने निर्णय गरेको उनले जानकारी दिए ।
मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित वलिउद्दिन मुसलमान र सरस्वती यादव नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका थिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया