कपिलवस्तु नगरपालिकाका मेयर र उपमेयरसहित जनप्रतिनिधिले गरे पदभार ग्रहण

कपिलवस्तु । कपिलबस्तु नगरपालिकाका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् निवर्तमान पदाधिकारीहरुलाई बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न निर्वाचनबाट कपिलबस्तु नगरपालिकाको नगर प्रमुखमा सुदीप पौडेल, उप प्रमुखमा सुनिता गुप्ता, वडा नं. १ का वडाध्यक्ष मो जाहिद खाँ, वडा नं. २ को वडाध्यक्ष अशोक कुमार गुप्ता, वडा नं. ३ का वडाध्यक्ष रुद्रबहादुर गैरे (प्रकाश), वडा नं. ४ का वडाध्यक्ष रविन्द्र प्रताप तिवारी, वडा नं. ५ का वडाध्यक्ष दिरेप चौधरी, वडा नं. ६ का वडाध्यक्ष राम जित कुर्मीं, वडा नं. ७ का वडाध्यक्ष इन्द्रमणि चौधरी, वडा नं. ८ का वडाध्यक्ष शिव कुमार पाण्डेय, वडा नं. ९ का वडाध्यक्ष दिपक गुरुंग, वडा नंं १० का वडाध्यक्ष मोहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, वडा नंं १२ का वडाध्यक्ष इन्सान अलि धुनिया लगायत वडा सदस्यहरुलाई पदभार ग्राहण गराइएको छ ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख, वडाध्यक्ष लगायतलाई बिदाई गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वधार मन्त्री सहसराम यादव, जसपाका प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, पूर्व मन्त्री दान बहादुर चौधरी, नेता नरसिंह चौधरी, इरफान खाँ लगायत विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको सञ्चालनमा भएको हो ।

प्रतिक्रिया

खबर सबै