

नेपाली क्रिकेट टिमले अमेरिकामा २ अभ्यास खेल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानको अनुसार नेपाल लिग टू को तयारी स्वरुप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० ओभरको खेल खेल्नेछ । खेल यही जेठ १९ र २१ गते हुनेछ ।
नेपाली टोली जेठ १५ गते अमेरिका पुग्नेछ । नेपालका पूर्वक्रिकेट खेलाडीहरूले चलाइरहेको नेपाली अल स्टारर्ससँगको सहकार्यमा यो भ्रमण सम्भव भएको क्यानले जनाएको छ ।
नेपाली अल स्टार्सले यस बाहेक नेपाललाई तीन दिन अभ्यासको व्यवस्थासमेत मिलाएको छ । लिग टू का खेलहरू जेठ २५ देखि असार १ गतेसम्म हुनेछ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया