

अन्तिम खेलमा नेपालले युगाण्डालाई ३३ रनले हरायो



काठमाण्डौ । युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–ट्वेण्टी क्रिकेट नेपाली राष्ट्रिय महिला टोलीले जितेको छ । नेपालले आज युगाण्डालाई ३३ रनले हरायो ।
नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु बर्माले २र२ तथा अस्मिना कर्माचार्य र हिरान्मायी रोयले एकरएक विकेट लिए ।
यसअघि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो । नेपालको लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । युगाण्डाले यसअघि नै श्रृंखला जितेको छ । युगाण्डाले पहिलो, दोस्रो र तेस्रो खेल जितेको थियो । नेपालले हिजो भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराएको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया