

स्वास्थ्य बीमाको आधा रकम गाउँपालिकाले बेहोर्ने



गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले विपन्न परिवारको स्वास्थ्य बीमा रकमको ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान दिने निर्णय गरेका छन् । शुक्रवार कार्यभार ग्रहण गर्दै अध्यक्ष खत्रीले पहिलो निर्णयका रुपमा यस्तो घोषणा गरेका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रम विशेषतः गरिब बिपन्न परिवारका लागि ठूलो राहत कार्यक्रम हुँदाहुँदै पनि आर्थिक अभावका कारण स्वास्थ्य बीमा गराउन नसकी निःशुल्क उपचार गराउन बन्चित भएको भन्दै बिपन्न बर्गको पहुँचमा पुराउन यस्तो निर्णय गरिएको बताए ।
त्यस्तै उनले पालिका भित्रका स्वास्थ्य संस्थामा प्रसुती हुन नसकी अन्यत्र लैजानु पर्ने गर्भवती महिलाका लागि तत्काल पालिकाले निःशुल्क उपलब्ध एम्बुलेन्स उपलब्ध गराउने दोश्रो निर्णय समेत गरेका छन् ।
उनले आफ्नो नेतृत्वमा रहेको स्थानिय सरकारले हर निर्णय र गतिविधि जनतालाई केन्द्रमा राखेर गरिने पनि प्रतिबद्धता जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया