बाणगंगाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

कपिलवस्तु । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्र्तगत नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नवनिर्वाचित ५७ जना जनप्रतिनिहिरुले शपथ ग्रहण गरेका छन् ।

शुक्रबार विहान जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माबाट नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्यालले शपथ ग्रहण गर्नुभयो भने त्यस पछि नगर प्रमुख अर्यालले नगरका उप प्रमूख सहित अन्तय वडाका निर्वाचित प्रतिनिधिहरुलाई सपथ दिलाउनुभएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार शपथसंगै निर्वाचित भएको प्रमाणपत्र पनि बुझेका छन् । साथै उक्त अवसरमा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई पनि गरिएको छ ।

शुक्रबार नै नव निर्वाचित जनप्रतिनिधिहरुले पदभार पनि ग्रहण गरेका बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । नगर प्रमुख अर्याल, उपप्रमुख रिता कुमारी थारुले बाणगंगा नगर कार्यापालिकामा पदभार ग्रहण गर्नुभएको छ भने वडाध्यक्ष र सदस्यहरुले आ आफ्नो वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा निवर्तमान जनप्रतिनिधिहरुको विदाई कार्याक्रममा निवर्तमान नगर प्रमुख मंगल प्रसाद थारु, वाणगंगा नगरपालिकाका निर्वाचन अधिकृत टेकराज अर्याल, नेपाली कांग्रेसका बाणगंगा नगर सभापति विष्णु थापा लगायतको उपस्थिति रहेको थियो ।
पहिलो महिला उपप्रमुख 

कपिलवस्तुको बाणगंगा नगरपालिकाले पहिलो पटक महिला उप प्रमुख पाएको छ । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाणगंगाले महिला उपप्रमुख पाएको हो ।
संविधानमा नगरको प्रमुख, उपप्रमुख मध्ये एक जना महिला अनिवार्य भएपनि गएको ०७४ सालमा सम्पन्न निर्वाचनमा बाणगंगाको उपप्रमुख महिला विहिन थियो ।

तत्कालिन बेला नेकपा (एमाले) ले विमला घिमिरेलाई नगर प्रमुखको उम्मेद्वार बनाउँदै नगर उपप्रमुखमा चक्रपाणी अर्याललाई टिकट दिएको थियो । कांग्रेस, माओवादी गठबन्धनले भने नगर प्रमुखमा कांग्रेसबाट मंगलप्रसाद थारु र नगर उपप्रमुखमा माओवादीबाट टोपनारायण बेल्वासे दुबै पदमा पुरुष उम्मेद्वार बनेका थिए ।

तर, गठबन्धनबाट नगर प्रमुखमा थारु निर्वाचित भए भने एमालेबाट नगर उपप्रमुखमा अर्याल निर्वाचित भए । त्यसकारण बाणगंगा ५ बर्ष महिला उपप्रमुख विहिन बनेको थियो ।
हालै सम्पन्न निर्वाचनमा एमालेबाट उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएकी छिन् । थारुले कांग्रेसकी उम्मेद्वार तारावती चौधरीलाई पराजित गरेकी थिइन् ।

उपप्रमुख चौधरीले शुक्रबार पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै थारुले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

यसैबिच यता बाणगंगा नगरपालिकका वडाहरुमा पनि नवनिर्वाचित वडा अध्यक्षहरुले आज देखि औपचारिक पदभार ग्रहण गर्नुभएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ मा नवनिर्वाचित वडा अध्यक्ष कमल पौडेलले पदभार ग्रहणको पहिलो दिन स्थानीय वडा दिपिल चौधारीलाई नेपाली नागरिकताको शिफारिस गरी जनप्रतिनिधिमा आफ्नो सेवा सुचारु गर्नुभएको छ । पदभार ग्रहण गर्दै पौडेलले अब आफ्नो कार्यकाल वडाका अधुरा विकास योजनाको पुर्णता सहित नयाँ योजना निर्माणमा लाग्ने बताउनुभयो ।

यस्तै आजै देखि निवर्तमान वडा अध्यक्षहरु औपचारिक रुपमा बिदाइ हुनुभएको छ । बाणगंगाका ११ वडा मध्ये वडा नम्बर २ मा पुर्व वडा अध्यक्ष विष्णु पौडेल नै निर्वाचित हुनुभएको छ भने वडा नम्बर ७ मा पनि पुर्व वडा अध्यक्ष विष्णु गिरी नै निर्वाचित हुनुभएको छ । यस बाहेक अन्य ९ वडा वडामा यसपटक नयाँ अनुहार वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । बाणगंगामा नगर प्रमूख मंगल प्रसाद थारु सहित ९ वटा वडाका वडा अध्यक्षहरुलाई आज बिदाइ गरिएको हो ।

प्रतिक्रिया

खबर सबै