

आईपीएलमा बेङ्ग्लाेरले गुजरातलाई हरायो

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले गुजरात टाइटन्सलाई हराएको छ ।
मुम्बईमा गएराति भएको खेलमा बेङ्ग्लाेरले शीर्ष स्थानको गुजरातलाई ८ विकेटले हराएको हो । जितसँगै बेङ्ग्लाेरले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बेङ्ग्लाेरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।
बेङ्ग्लाेरका विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले । गुजरातका राशिद खानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । गुजरातका कप्तान हार्दिक पान्डेयले अविजित ६२ रनको अर्धशतकीय पारी खेले ।
बेङ्ग्लाेरका जोश हाजलउडले २ विकेट लिए । बेङ्ग्लाेर १४ खेलमा १६ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । गुजरात प्ले अफमा पुगिसकेको छ । शीर्ष स्थानमा रहेको गुजरातको १४ खेलमा २० अङ्क छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया