मौरी किरा होईन हिरा हो : पोख्रेल

भगवती न्यौपाने

कपिलवस्तु वाणगंगाका अर्जुन प्रसाद पोख्रेल एक सफल मौरी पालक किसानको रुपमा परिचित हुनुहुन्छ । उहाँ अधिकृतको जागिर अनि शिक्षकको पेसा छोडर लामो समय देखी मौरी पालन ब्यवसायमा हुनुहुन्छ । बाणगंगा नगरपालिका–१ जीतपुर घर भएका पोख्रेल भन्नुहुन्छ मौरी किरा होईन हिरा हो । नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष समेत रहेका पोख्रेल देशलाई महमा आत्म निर्भर बनाउने अभियानमा लागेको बताउनु हुन्छ ।

२०६० सालमा २० घारबाट मौरी पालन गदै आउनुभएका पोख्रेल अहिले राष्ट्रिय स्तरमै मौरी पालनबाट आफ्नो पहिचान बनाउनुभएको छ । माउण्टेन बिकन्सर्नबाट चिनिने पोख्रेलले बेष्टनेचर मौरीघार उद्योग कपिलवस्तुमा पहिलो चलाएको बताउनुहुन्छ । व्यवसाय सुरु गर्दा कपिलवस्तुका लागि पहिला नयाँ ब्यवासय भएको बताउदै अहिले कपिलवस्तु जिल्लामै उत्कृष्ट र देशकै नमुना मौरीपालन स्रोतकेन्द्रको रूपमा स्थापित भएको बताउनु हुन्छ ।

आफुले उत्पादन गरेका मह कपिलवस्तु,रुपन्देहि लगायत काठ्माडौ सम्म पुगेको बताउदै उहाँ भनु हुन्छ अन्य किसानले उत्पादन गरेको मह खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु,, ‘त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ । उहाँले ५ सय देखि ७ सय मौरि पालन किसानलाई व्यवसायिक किसानको रुपमा स्थापित गरेको बताउदै किसानलाई मौरि चाहियो भने मौरि र मौरिका घार, प्राविधिक लगायत सम्पुर्ण सेवा सुविधा दिएको समेत बताउनु भयो ।

माउटेन वि कन्सन र बेष्टनेचर मौरि घार उद्योग दुईवटा सँग सँगै सञ्चालन गरेको बताउदै अर्थतन्त्रमा योगदान गर्न सक्ने भएकाले कपिलवस्तु जिल्ला मौरिका लागि धेरै सम्भावना बोकेको ठाउँ भएको धारणा राखनु भयो । मह उत्पादनमा देश आत्मनिर्भर नभएको बताउदै अझैं पनि राज्यले मह विदेशबाट निर्यात गर्दै आएको उहाँले दाबी गर्नु भयो । आफुले गरेको मौरी पालन व्यवसाय देखेर पछिलो समय जिल्लाका किसानहरु व्यवसायीकरुपमा मौरी पालन व्यवसाय गरेको पोख्रेलले बताउनु हुन्छ । साथै यहाँ साल, सिसौ, जगंली रुदिलो पनि राम्रै भएकोले तिनको फूल मौरीको लागि राम्रो आहार हुने बताउनु हुन्छ ।

यहाँ दलहन, तेलहन प्रशस्त मात्रामा लगाइने भएको कारण मौरी चरणका लागि राम्रो भएको पोख्रेलले बताउनु भयो । बेष्टनेचर मौरीघार उद्योग र माउण्टेन बिकन्सनले तीन क्वालिटिको मौरि उत्पादन गरेर बताउनु भयो । उहाँले मौरि मौसम अनुसार चराउदा त्यसमा तोरीको चिउरीको र रुदिलोबाट फरक फरक किसिमको मह तयार भएको पनि बताउनु भयो । मह प्रसोधन प्लान्ट पनि आफै सँग भएको हुर्दा आफुहरुले शुद्ध मह उत्पान गरेर विक्रि वितरण गरेको स्पष्ट पार्नु भयो । मौरीपालनबाट हुने आम्दानीमा सन्तुष्ट रहेका पोख्रेलले भनुभयो ‘लगानी कम लाग्ने र आम्दानी धेरै हुने व्यवसाय हो यो । मनग्य आम्दानी गर्न सकिने बताउदै मेहनत गर्नु पर्छ आर्थिक रुपमा राम्रै आमदानी हुने बताउनु भयो ।

मौरीपालनबाट मह मात्रै होईन मौरीले संकलन गर्ने कुट किलोको २००० देखि ५००० रूपैयाँ प्रति किलो , मौरीखोटो १५ —२० हजार देखि ५० हजार प्रति किलो, शाही खुराक ९मौरीको दुध० २ लाख देखि ५ लाख प्रति किलो बिक्री हुन्छ । त्यस्तै मौरी बिष १० लाख देखि ५० लाख प्रति किलोमा बिक्री हुन्छ । यसको कुशल प्रबिधि सहित संकलन गर्न सरकारले सहयोग गरेमा बायोडाईभर्सिटी भएको हाम्रो देशले मौरीबाट आर्थिक समृद्धि हांसिल गर्न सक्छ । त्यसैले मौरीपालन ब्यवसाय किरा होईन हिरा हो ।

ठुलो लगानी लगाएर बैदेशिक रोजगारीको शिलशिलामा देशका लाखौ युवा विदेशको खाडीमा छन्, उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने छ । यसका लागि उहाँले भनु भयो, ‘त्यो काम आफूजस्ता पढेलेखेका बाटै सुरुवात गर्नु पर्छ । आफुले गरेको व्यवसाय देखेर पछिलो समय युवाहरुको चासो यसमा पनि बढदै गएको बताउनु हुन्छ । मौरी पालन व्यवसायमा रमाएका पोख्रेलले परिवारको राम्रो साथ रहेको बताउनु हुन्छ यसमा आफूबाहेक अरुलाई पनि रोजगारी दिनु भएको छ । साथमा मौरीको मह बेच्ने माउण्टेन वी कन्सर्न नामको पसल पनि सञ्चालन गर्नु भएको छ ।

प्रतिक्रिया

खबर सबै