

नेपाल युगान्डासँगको तेस्राे खेलमा पनि पराजित

काठमाण्डाै
नेपालसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला युगान्डाले दुई खेलअघि नै जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहीवार भएको तेस्रो खेलमा ६ विकेटले विजयी भएसँगै युगान्डाले दुई खेल बाँकी छँदै शृङ्खला जितेको हो ।
नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १० बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई तथा रुबिना चौधरी र इन्दु वर्माले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन मात्रै बनायो । नेपालका लागि ज्योति पाण्डेले ४७, सीता रानामगरले १२ र रुबिना क्षेत्रीले नटआउट १८ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया