सितगंगाको मेयरमा काँग्रेस, र उपमेयरमा एमाले विजयी

कपिलवस्तु । अर्घाखाँचीको सितगंगा नगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेस उम्मेदवार छविलाल पौड्याल र उपमेयरमा एमाले उम्मेदवार गीता भाटले विजयी प्राप्त गरेकी छन् । मेयरमा एमाले उम्मेदवार वसन्त श्रेष्ठलाई १८६ मतको अन्तरले पराजित गर्दै काँग्रेस उम्मेदवार पौड्याल विजयी भएका हुन् । निर्वाचित पौड्यालले १० हजार ७८ मत प्राप्त गरेका छन् । श्रेष्ठले ९ हजार ८९२ मत ल्याएका छन् ।

त्यस्तै एमालेबाट उपमेयरमा विजयी भाटले १० हजार २८८ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार टिका रेश्मीले ८ हजार ५७ मत ल्याएका छन् । शितगंगाका १४ वडा मध्ये एमालेले ७ वटा वडा र गठबन्धनले पनि ७ वटै वडा जितेको छ र गठबन्धनको ७ मध्ये माओवादी केन्द्रले वडा नम्बर ८ को वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया

खबर सबै