बुटवलमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बुटवल । बुटवलको कालिकानगरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा परि गुल्मी रुरुक्षेत्र १ स्यालपोखरी पिपलमुनी घर भइ बुटवलमा बस्दै आएका ४० वर्षीय बसन्त ज्ञवालीको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगर पालिका वडा नं १० कालिकानगर स्थित भित्रि सडक खण्डमा बुधबार दिउँसो उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सो मोटरसाइकल आँफै अनियन्त्रित भई सडकमा पल्टिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

खबर सबै