

रूपन्देहीका दुई नगरमा एमाले, दुईमा कांग्रेसको अग्रता



बुटवल । रूपन्देहीका उममहानगर सहित चार नगरपालिकामा दुईमा नेकपा एमाले र दुईमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसले अग्रता लिएका छन्। देवदह नगरपालिका र तिलोत्तमामा एमाले र बुटवल उमपहानगर र सैनामैनामा कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका हुन्।
तिलोत्तमा चार हजÞार दुई सय ५७ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार मोहन चापागाईंले एक हजÞार ६ सय ७२ मत ल्याएका छन् भने कांग्रेसका मेयर उम्मेदवार रामकृष्ण खाँणले १ हजर ५०० मत ल्याएका छन्। यसअघि यहाँ एमालेले मेयर पद जितेको थियो।
एमालेले अग्रता लिएको देवदह नगरपालिका पनि हो। सात हजÞार मतगणना हुँदा एमालेका मेयर उम्मेदवार ध्रुवप्रसाद खरेलले २ हजार ६ सय १७ मत ल्याएका छन् भने कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर खत्रीले २ हजार ५ सय ३८ मत ल्याएका छन्। यसअघि यहाँ कांग्रेसले मेयर जितेको थियो।
गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवारहरूले बुटवल उपमहानगरपालिका र सैनामैनामा अग्रता लिएका छन्।
बुटवलका वडा नम्बर एक, दुई तीन र १९ को मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेय आफ्ना प्रतिद्वन्दिलाई एकहजार बढी मतले अग्रता दिएका छन्।
पछिल्लो मतगणना अनुसार पाण्डेयले दुई हजÞार नौ सय ४८ मत ल्याएका छन् भने एमालेका मेयर उम्मेदवार बावुराम भट्टराईले एकहजार आठ सय ५१ मत ल्याएका छन्। बुटवल उपमहानगरमा यसअघि एमालेले मेयर जितेको थियो।
सैनामैना नगरपालिकामा ५ हजÞार ८ सय ८० मत गनिसक्दा गठबन्धन तर्फबाट कांग्रेसका मेयर उम्मेदवार फडेन्द्र प्रसाद शर्मा ले २ हजÞार पाँच सय ४७ र एमालेका मेयर उम्मेदवार चित्रबहादुर कार्कीले २ हजÞार दुई सय ५६ मत ल्याएका छन्। यहाँ पनि यसअघि एमालेले नै जितेको थियो।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया