दाङको लमहीमा ७ घण्टामा ८ सय ५० मतगणना

दाङ । पालिका चुनाव अन्तर्गत दाङको लमही नगरपालिकामा ८ सय ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नगरको वडा नम्बर १, ५ र ९ को मत गन्दा कांग्रेसबाट मेयरका उम्मेदवार जोगराज चौधरीले २ सय ३५, नेकपा एमालेका दण्डिराम चौधरीले १ सय ६१ र नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले १ सय ७८ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी २ सय २२, एमालेकी सुशीला शर्मा १ सय ४८ र नेकपा माओवादी केन्द्रकी गंगा पाण्डे १ सय २३ मत प्राप्त गर्नुभएको छ । लमही नगरपालिका यसअघि एमालेले जितेको थियो ।

प्रतिक्रिया

खबर सबै