

बुटवलमा कांग्रेसका बागी उम्मेवार वडाध्यक्षमा निर्वाचित



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।
नेपाली कांग्रेसका बस्नेतलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।
बस्नेतले नेकपा एमालेका महेन्द्र लिगललाई पराजित गर्दै विजयी भएका हुन् । बस्नेतलाई केही दिन अगाडि मात्र पार्टीले कारवाही गरेको थियो ।
यसको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए । कांग्रेसका आधिकारिक माधव प्रधान तेस्रो भए ।
बुटवल उपमहानगरपालिकामा अहिले कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डे अगाडि छन् । राप्रपाका मृगेन्द्र शेरचन दोस्रो र एमालेका बाबुराम भटटराई तेस्रोमा छन् ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया