निर्वाचनको पूर्व सन्ध्यामा बुटवलमा बम विष्फोट

बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ ।

बुधबार राति करिव साढे ८ बजे बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो ।

विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि, घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ ।

घटनास्थल आसपास केही छर्राहरुसमेत फेला परेको प्रहरीको भनाई छ । प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो । विष्फोटबाट नजिकै रहेको पसलको सटरमा प्वाल परेको छ ।

प्रतिक्रिया

खबर सबै