

कपिलवस्तुमा लामो खडेरी पश्चात हल्का वर्षा, किसान खुसी



कपिलवस्तु । कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकाशं जिल्लामा लामो समयको खडेरी पश्चात आज वर्षा भएको छ । लामो समय पानी पर्न नसकेको कपिलवस्तुमा आज दिउसो पानी परेसँगै यहाँका किसान खुसी भएका छन् ।
विशेष गरी खतेबारीमा मकै खतीका लागि यतिबेला पानिको आवश्यकता परिरहेका बेला भएको वर्षाले केही भए पनि राहत मिलेको कृषकहरुको भनाई छ ।
हावाहुरी सहित परेको वर्षाले फलफुललाई भने नोक्सानी पु¥याएको छ । लगातारको बढीरहेको तापक्रम र चर्काे गर्मीका बिच परेको वर्षाले जनजीवनमा समेत राहत महशुस भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो ।
लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको थियो ।
आज राति पनि पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै शनिबार (भोली) पनि पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया