

देशको अर्थतन्त्रको मेरुदण्ड व्यवसायीले तिर्ने कर होः प्रदेश सांसद पन्थी



हरि आचार्य, कपिलवस्तु । लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले देशको समग्र विकासको मुख्य स्रोत उद्योगी व्यवसायीको कर रहेको बताउनुभएको छ । कपिलवस्तु हाट बजार व्यवसायी समितिको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देशको अर्थतन्त्रको मेरुदण्ड नै उद्योगी व्यवसायीले तिर्ने कर रहेको बताउनुभएको हो ।
भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पन्थीले उद्योगी व्यवसायीहरु अब परम्परागत भन्दा आधुनिक शैलीले आफ्नो व्यवसाय सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सांसद पन्थीले उद्योगी व्यवसायीको आर्थिक स्तर जति माथि उठाउन सकियो त्यति नै देशको विकासमा टुवा पुग्ने बताउदै व्यवासायीलाई अझै पर्याप्त मात्रामा राज्यले सहयोग गर्न नसकेको बताउनुभयो । उहाँले कपिलवस्तु हाट बजार व्यवसायी समितिको भवन निर्माण महत्वपुर्ण रहेकाले व्यवसायीका हक हितका लागि गर्नुपर्ने पहल सदैव गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरुको हक हितका लागि उद्योग वाणिज्य लागिरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका घिमिरेले कपिलवस्तु हाट बजार व्यवसायी समितिमा आवद्ध सबै व्यवसायीहरु करको दायरामा संगठित रुपमा व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । व्यसायीहरुले तिरेको करबाट स्थानीय सरकारले हाटबजार सम्बन्धीका विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका संस्थापक अध्यक्ष मुक्तिराम कंडेल, सल्लाहकार यदुनाथ सुवेदी, लेखा संयोजक नेत्र घिमिरे लगयतले शुभकामना मन्तब्य राख्दै भवन निर्माण कार्य प्रशंसनीय रहेको बताउदै बर्तमान कार्य समितिलाई धन्यवाद दिएका थिए ।
त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका अध्यक्ष पवित्रा सोमै मगरले भवन निर्माणका लागि अहोरात्र खट्नुहुने निर्माण समिति, कार्यसमितिका पदाधिकारी तथा सदस्य, सहयोगी दाता लगायत समितिमा आवद्ध सम्पुर्ण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो । भवन निर्माण कार्यले सबै व्यवासायी संगठित हुनका लागि धेरै सहयोग हुने बताउदै भवन उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेल, कोषाध्यक्ष बिनोद कुमार पन्त, समाजसेवी शंकर क्षेत्री, नेपाल पत्रकार कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगायतको आतिथ्यता, बरिष्ठ उपाध्यक्ष गोबिन्द पोख्रेलको स्वागत तथा संस्थाका गसचिव यादव प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बाणगंगा १ वैरीया स्थित वाल माविको हाताभित्र निर्माण सम्पन्न भएको भवनको लागत करिव १३ लाख रहेको भवन निर्माण समितिले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया