

क्रियटिभ भ्वाइस सेवाले ल्यायो, एकैपटक हजारौंलाई सुचना प्रवाह गर्ने सुबिधा




ईसाझा,कपिलवस्तु। क्रियटिभ क्रियसन्स एण्ड मिडियाले भ्वाइस ब्रोडकास्टिङ सेवा ‘क्रियटिभ भ्वाइस’ सुरु गरेको छ । सूचना प्रवाहलाई थप सहज बनाउने उद्देश्यका साथ ‘क्रिएटिभ भ्वाइस‘ को नाममा नयाँ सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यस सेवा अन्र्तगत एकैपटक हजारौंलाई सुचना प्रवाह गर्ने सुबिधा उपलब्ध गराउन सकिन्छ ।
क्रियटिभ भ्वाइस सेवा एउटा ब्रोडकास्ट प्लेटफर्म हो, जहाँ कम्पनी तथा विभिन्न संस्थाले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रसारण गर्न सक्छन् ।
विगत लामो समय देखि बल्क एसएमएस एकै पटक धेरै नम्बरहरूमा म्यासेज, रिजल्ट प्रकाशन, भोटिङ सेवा उपलब्ध गराउँदै आएको कम्पनीले चुनाव नजिकिएसँगै भ्वाइस म्यासेज सेवा सार्वजनिक गरेको हो ।
यो सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस सेवा मार्फत संस्थाहरूले सर्वेक्षणहरू गर्न पनि सक्नेछन् । भ्वाइस सेवामार्फत आफ्नै आवाजमा समेत सन्देश पठाउन मिल्ने हुँदा यो सेवा बढी प्रभावकारी हुने कम्पनीको दावी छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया