

पाल्पामा जीप दुर्घटना हुँदा एक ज्यान गयो



पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका ५ चर्चरेमा जीप दुर्घटनामा हुँदा जीपका धनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा चालक निस्दी गाउँपालिका ४ का २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर ३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् । घाइते दुवै जनाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बुटवलबाट रामपुरका लागि छुटेको लु १ च ७७८० नम्बर जीप दुर्घटना परेको हो । जीप सडकबाट खोलामा खसेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया