

पाल्पामा जीप दुर्घटना हुँदा एक ज्यान गयो


पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका ५ चर्चरेमा जीप दुर्घटनामा हुँदा जीपका धनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा चालक निस्दी गाउँपालिका ४ का २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर ३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् । घाइते दुवै जनाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बुटवलबाट रामपुरका लागि छुटेको लु १ च ७७८० नम्बर जीप दुर्घटना परेको हो । जीप सडकबाट खोलामा खसेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया