

शुद्धोधनमा जसपाको छातासहितको चुनावी अभियान व्यापक



बुटवल । जनता समाजवादी पार्टी, नेपालले रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएको छ । पार्टीले व्यापक जनसहभागितासहित गाउँपालिकाको वडा नं। १, ५, ६ र ७ मा घरदैलो तीव्र बनाएको हो ।
जसपाले वडा नं। १ को शिशै चोक, किसुली, चम्कीपुर, भगलापुर, बेलवालगायतका गाउँहरुमा व्यापाक जनसहभागिताका साथ घरदैलो सम्पन्न गरेको छ । घरदैलोकै क्रममा वडा नं। १ का वडा अध्यक्षका उम्मेदवार उदयराज गडेरियाले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीको अधिकारलाई सुनिश्चित गर्दै वडा नं। १ लाई नमूना र समुन्नत वडा बनाउने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी वडा नं। ५ मा पनि घरदैलो जारी रहेको छ । वडा नं। ५ का विभिन्न गाउँहरुमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भरथरी यादव, उपाध्यक्ष पदका उम्मेदवार सुनकेशरी थारु, वडा अध्यक्ष बिपिन कुर्मी तथा सम्पूणर् वडा सदस्यहरुसहितको संयुक्त टिमले घरदैलो कार्यक्रम गरेको हो । जसपाले वडा नं। ६ मा पनि व्यापक जनसहभागितासहितको चुनाव प्रचारप्रसार कार्यक्रम सुरुवात गरेको छ । जसपा शुद्धोधनले वडा नं। ६ को गुरौलिया, नौदिहवा र भैरहवा गाउँमा चुनावी घरदैलो सम्पन्न गरेको छ । सोही क्रममा वडा नं। ६ का वडा अध्यक्ष पदका उम्मेदवार जयशंकर पाठकले अघिल्लो ५ वर्षमा पूरा हुन नसकेका बाँकी कामहरु प्राथमिकताका साथ सम्पन्न गरी वडालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै जसपा शुद्धोधनले वडा नं। ७ मा पनि चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ । त्यहाँ स्थित सिसवा, बोरहवा, दक्षिण मधुवनी, उत्तर मधुवनी, टुनिडिहवालगायतका गाउँहरुमा करिब एक सय पचास जनाको जनसहभागितासहित घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । वडा अध्यक्षको रुपमा युवा नेता रामजीत लोधको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको वडा नं। ७ ले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेको छ ।
सबै वडाहरुमा आवश्यक प्रचारसामग्री सहित घरदैलो कार्यक्रमको तयारी गरिएको जसपा गाउँकमिटीका अध्यक्ष तौलेश्वर लोधले बताए ।
जसपा शुद्धोधनले अब नियमित रुपमा चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रमलाई जारी राख्ने गाउँपालिका केन्द्रीय चुनावी परिचालन समितिका इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया