

अवैध हातहतियारसहित रुपन्देहीमा चारजना पक्राउ



भैरहवा ।
रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।
उनीहरुलाई देवदह–६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वन भित्र भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त वनमा भरुवा बन्दुकसहित मानिसहरु हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पौने तीन बजे चारैजनालाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।
उनीहरुको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई रुपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया