

नेपालगञ्जमा उप–महानगरका तीन उम्मेदवारको मनोनयन रद्द


नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीनजनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज उपमहानगरको वडा नं। १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं। ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं। ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।
पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईले जानकारी दिए ।
यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया