वाणगंगा ७ मा माओवादी केन्द्रबाट युवा व्यक्तित्व शिव बन्जाडे वडाध्यक्षमा लड्ने

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट सोमबार शिव बन्जाडेले उम्मेद्धारी दर्ता गराउनुभएको छ ।

युवाहरु माझ लोकप्रिय रहेका बन्जाडे युवा व्यवसायी तथा शिक्षित युवा हुन् । लामो समय राजनितिमा सक्रिय रहेको बन्जाडेको शैक्षिक योग्यता भने व्यवस्थापन संकायबाट मास्टर डिग्री  सक्नु भएको छ ।

बन्जाडे सहयोगि भावना, अनुशासित र लोकप्रिय व्यक्तिको रुपमा जिल्लामा परिचित हुनुहुन्छ । आफुलाई योग्य ठानेर पार्टीले वडाध्यक्षको टिकट दिएकोमा बताउदैे पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा बन्जाडेले आभार व्यक्त गर्नुभएको छ ।

आफ्नो उम्मेद्वारी वडामा रहेका अधुरा काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

खबर सबै