

औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको जोखिममा


बाँके । बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको जोखिममा पर्दै गएको छ । शिलान्यास भएको १ वर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम शुरू हुन नसक्दा जग्गा संरक्षणमा चुनौती देखिएको छ ।
विक्रम संवत् २०७७ फागुन ११ गते तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र शिलान्यास गर्दा उत्साहित भएका स्थानीय उद्योगी व्यवसायी १३ महिना बितिसक्दा समेत कुनै काम शुरू नहुँदा निराश बन्न पुगेका छन् ।
औद्योगिक क्षेत्र निर्माणस्थल बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ बिघा क्षेत्रफल जमिनभित्रै २६८ स्थानीयले घर टहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण निर्माण कार्य शुरू गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए ।
उनका अनुसार काम शुरू नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने जोखिम रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २६८ घरटहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले त्यो संख्या बढेको दाबी गर्दै आएका छन् ।
सरकारले चालू आर्थिक वर्षमा नौवस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड रुपैयाँ, वन व्यवस्थापनका लागि २ करोड र प्रशासकीय भवन निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया