

दिल्लीलाई हराउदै राजस्थान शिर्ष स्थानमा



काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ ।
राजस्थानले दिएको २२३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०७ रन बनाएपछि खेल १५ रनले हारेको हो ।
दिल्लीका लागि कप्तान ऋषव पन्तले सर्बाधिक ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७-३७ रन बनाए । त्यस्तै डेभिड वार्नरले २८, रोभमन पावेलले ३६ र श्रदुल ठाकुरले १० रन बनाए ।
त्यसैगरी राजस्थान रोयल्सका बलर प्रसिद्ध कृष्णले ३ विकेट लिए भने आर आश्विनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाउदै २२२ रन बनाएको थियो । राजस्थानका लागि यस आइपिएलमा तेस्रो सतक प्रहार गरेका जोस बटलरले ११६ रन बनाएका थिए । त्यसति देवदत्त पाडिकलले ५४ रन बनाए भने कप्तान सन्जु सामसनले अविजित ४६ रन बनाए ।
यो जितपछि राजस्थान रोयल्सले ७ खेलमा पाँचौ जित हासिल गरेको छ र १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको ७ खेलमा चौथो हारसहित ६ अंक रहेको छ र अंकतालिकामा छैटौं स्थानमा रहेको छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया