

आईपीएल :मुम्बई इन्डियन्समाथि चेन्नइको तीन विकेटकाे राेमाञ्चक जित



काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे छ ।
मुम्बईले दिएकाे एक सय ५६ रनकाे लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेटायाे । अन्तिम ओभरमा १७ रन चाहिएकाेमा चेन्नईका महेन्द्रसिंह धाेनीले अन्तिम बलमा चाैका प्रहार गर्दै टिमलाई जिताए, उनले १३ बलमा नटआउट २८ रन बनाए । यस्तै चेन्नईका लागि अम्बाती रायडुले ४०, राेबिन उथापाले ३० र ड्वेन प्रेटरियसले २२ रन जाेडे । बलिङतर्फ मुम्बईका ड्यानियल साम्सले चा र जयदेव उनादकटले दुई विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेकाे मुम्बईले निर्धारित सात विकेट गुमाएर एक सय ५५ रन बनायाे । मुम्बईका लागि तिलक वर्माले ५१ र सूर्यकुमार यादवले ३२ रन बनाए । बलिङतर्फ चेन्नईका मुकेश चाैधरीले तीन र ड्वेन ब्राभाेले दुई विकेट लिए ।
याे जितसँगै चेन्नई सात खेलमा चार अङ्कसहि तालिकाकाे नवाैँ स्थानमा छ । मुम्बई भने लगातार साताैँ हारसँगै तालिकाकाे पुछारमा छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया