

पाल्पाको तिनाउमा सुख्खा पहिरोले पुरिएर एक पुरुष वेपत्ता



बुटवल । पाल्पाको तिनाउ–१ कचलमा सुख्खा पहिरोले पुरिएर एक पुरुष मँगलबारदेखि बेपत्ता भएका छन् । कचलफाँट सिँचाई आयोजनाको नहरमा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षका डिलबहादुर हिस्की वेपत्ता भएका हुन् ।
नहरमाथिबाट एक्कासी खसेको सुख्खा पहिरोमा पुरिएर मँगलबार दिउँसोदेखि वेपत्ता भएका उनको खोजी कार्य जारी रहेको तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए । डिलबहादुरसँगै गएका अन्य व्यक्तिहरुले भागेर ज्यान बचाउन सफल भएका छन् । घटना स्थलमा स्थानीय तथा नेपाल प्रहरीको टोलीले आज विहानैदेखि खोजीकार्य जारी राखेका छन् ।
कचल फाँट सिँचाई आयोजना अन्तरगत नहर खन्ने क्रममा सोही ठाउँमा गत वर्ष जेसीबी पुरिएको थियो । करिब १ वर्ष लगाएर पुरिएको जेसीबी निकालिएको स्थानीय सावित्रा रानाले जानकारी दिइन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया