

पाल्पाको तिनाउमा सुख्खा पहिरोले पुरिएर एक पुरुष वेपत्ता


बुटवल । पाल्पाको तिनाउ–१ कचलमा सुख्खा पहिरोले पुरिएर एक पुरुष मँगलबारदेखि बेपत्ता भएका छन् । कचलफाँट सिँचाई आयोजनाको नहरमा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षका डिलबहादुर हिस्की वेपत्ता भएका हुन् ।
नहरमाथिबाट एक्कासी खसेको सुख्खा पहिरोमा पुरिएर मँगलबार दिउँसोदेखि वेपत्ता भएका उनको खोजी कार्य जारी रहेको तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए । डिलबहादुरसँगै गएका अन्य व्यक्तिहरुले भागेर ज्यान बचाउन सफल भएका छन् । घटना स्थलमा स्थानीय तथा नेपाल प्रहरीको टोलीले आज विहानैदेखि खोजीकार्य जारी राखेका छन् ।
कचल फाँट सिँचाई आयोजना अन्तरगत नहर खन्ने क्रममा सोही ठाउँमा गत वर्ष जेसीबी पुरिएको थियो । करिब १ वर्ष लगाएर पुरिएको जेसीबी निकालिएको स्थानीय सावित्रा रानाले जानकारी दिइन् ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया