

३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै


सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन (संयुक्त) छनोट भएको हो । यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ ।
त्यसैगरी, नौबिसे–मलेखुखण्ड विस्तारका लागि शर्मा–लामा–जेडआईसीजी (संयुक्त) छनोट भएको नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यस खण्डको कुल लम्बाइ ४३.५४२ किलोमिटर छ । मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूल मार्ग यही नै हो । दैनिक करिब १८ देखि २० हजार सवारीसाधन आवातजावत गर्छन् । सडक विस्तारका लागि यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तयार भई स्वीकृत भइसकेको छ । आयोजनाका प्रमुख कार्कीका अनुसार नागढुङ्गा–नौबिसे खण्डक एक अर्ब ३१ करोड ८४ लाख र नौबिसे–मलेखुखण्डको एक अर्ब ३३ करोड १९ लाख रूपियाँमा विस्तार हुन लागेको हो । छनोट भएका निर्माण कम्पनीले तीन वर्षमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया