


बैशाख ७ भित्र उमेद्धारको नाम जिल्लामा पठाउन नेकपा (एस) कपिलवसतुको निर्देशन



कपिलवसतु ।
आगामी स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा सत्ता गठबन्धन दलहरु नियमित जसो बैठक तथा छलफलहरुमा केन्द्रित भएका छन् । दलहरुले आन्तरिक छलफललाई बढी जोड दिएका छन् भने सामुहिक बैठकमा आ आफ्ना दलका दाबीहरु प्रस्तुत समेत गरेका छन् ।
यता सोमबार बसेको नेकपा एकिकृत समाजवादी कपिलवस्तुको सातौँ सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहेसम्म गठबन्धन भित्र लचकता कायम गर्ने निर्णय गरेको छ । सम्पन्न बैठकले आफ्नो पार्टी भित्रबाट पालिका तहका कमिटीले बैशाख ७ गते भित्रै उमेद्धारको नाम शिफारिस गरी जिल्ला कमिटिलाई पठाउने निर्णय समेत गरेको नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज क्षेत्रबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार गठबन्धन कायम नभएको अवस्थामा अन्य दलहरुसँग भए पनि चुनावमा जाने र त्यो पनि नभए एकलै निर्वाचनमा जाने गरी पार्टीले निर्णय गरेको छ ।
यसैबिच सम्पन्न बैठकले बुद्धभुमि २ की पार्टी जिल्ला कमिटि सदस्य दिपा खनाल लाई सचिवालयमा मनोनयन गरेको छ भने बाणगंगा ६ का हुमराज खनाल लाई जिल्ला कमिटिमा मनोनित गरिएको जनाइको नेकपा एकिकृत समाजवादी कपिपलवस्तुले जानाएको छ ।
सम्पन्न बैठक जिल्ला अध्यक्ष लंकबहादुर हमालको अध्यक्ष, र सचिव ओमप्रकाश कुर्मीको संचालनमा सम्पन्न भएको हो । नेकपा एकिकृत समाजवादी कपिवस्तुले लोकतान्त्रीक बामपन्थी सँग आगामी नर्विाचनमा मिल्ने जनाएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया