

आईपीएल : गुजरात शीर्ष स्थानमा यथावत



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ।
साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो।
सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
गुजरातका लागि डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय इनिङ खेले। कप्तान राशिद खान ४० र अभिनव मनोहरले १२ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले ३ र महेश थिकसनाले २ विकेट लिए।
१ सय ६९ रनको योगफल बनाउन चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अम्बाती रायडुले ४६ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २२ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए।
शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलमा १० अंक जोडेको छ। नवौं स्थानको चेन्नईको दुई अंक छ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया