

लगानी तान्दै प्रविधि कम्पनी



काठमाडौं
विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पुर्याउन अनलाइन सेवा दिएर चर्चित बनेको ‘फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड रुपियाँ लगानी गर्ने खबरले पुसको अन्तिम साता चर्चा पायो । स्टार्टअपका रूपमा सेवा सुरु गरेको फुडमान्डुमा भित्रिएको यो लगानी नेपालको परिवेशमा आफैँमा ठूलो थियो ।
देशका विभिन्न ठाउँमा सेवा विस्तारको योजनामा रहेको फुडमान्डुका लागि यो लगानी सहयोगी हुने अपेक्षा गरिएको छ । प्रविधिको उपयोगमार्फत सेवा दिइरहेका नेपाली कम्पनीमा भित्रिएको लगानीका यी खबर यत्तिमै अन्त्य हुँदैनन् ।नयाँ–नयाँ कम्पनीमा लगानी गर्ने क्रम निरन्तर बढ्दो छ । यस्तैमा चैतको पहिलो साता नेपाली स्टार्टअप कम्पनी ‘वाइज्याक’ले पनि करिब तीन करोड रुपियाँ भित्र्याएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया