


परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन



काठमाण्डाै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको छ ।
बिहान आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इञ्चार्जको विस्तारित बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको हो । बैठकले जतिसक्दो छिटो उम्मेदवार चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले सत्तागठबन्धनबीच भएको सहमतिअनुसार तालमेल गर्दै अगाडि बढ्ने जनाएको छ । केही समयअघि पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको थियो । तर, भागबन्डा मिलाउन भने बाँकी छ ।
यसैबीच, सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुनेछ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया