


झन्डै ८० अर्ब रुपैयाँ अमेरिकी अनुदान लिने सरकारकाे निर्णय



काठमाण्डाै
सरकारले संयुक्त राज्य अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) ले दिने ६ सय ५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ कराेड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गरेकाे छ । गएकाे चैत ३० गते बुधवार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले याे जानकारी दिनुभएकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने एक सय ५० मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार्ने निर्णय पनि गरेकाे सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।
त्यसैगरी मन्त्रिपरिषद्ले फुकाेट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको झन्डै दुई सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवनलगायतका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकको निर्णय रहेको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया