

नेताजीको नमस्कार !

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात जोडरे नमस्कार गर्दै मन्द मुस्कानसमेत दिए। मेयर साहबाट बिहान–बिहानै नमस्कार पाउँदा ती स्थानीय पनि चकित भए र उनलाई नमस्कार फर्काए। त्यसपछि साहको गाडी तीव्र गतिमा अगाडि बढ्यो।
मेयर साह नमस्कार गरेर फर्किसकेपछि स्थानीयमा चियोचर्चो हुन थाल्यो। सबैले एकै स्वरमा भने, ‘नेताजीले नमस्कार गर्न थाल्नुभो। अब नेताहरूलाई चुनाव लागे जस्तो छ।’ साहको पछिल्लो साढे ४ वर्षको कार्यकाल उपलब्धीभन्दा विवादमै बढी बित्यो।
हालसम्मको कार्यकालमा जनताको सम्पर्कमा आकल–झुक्कल मात्रै आउने र आफ्ना कार्यकर्ता वा चिनजानबाहेकका व्यक्तिहरूको फोनसमेत उठाउन नरुचाउने मेयर साह यसपालिको स्थानीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने दाउमा छन्। ‘
जनतासँग बिग्रेको सम्बन्धलाई उनी निर्वाचन नजिकिँदै जाँदा सुधार गर्न खोजिरहेका छन्। त्यसैले अलि बढी नमस्कार गर्न थालेका छन्,’ स्थानीय विजय साहले भने, ‘अब नेताजीहरूले बढी नै हालखबर सोध्नेछन्। चुनावसम्म मात्रै हो, यस्तो नमस्कारहरू।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया