

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कममा झर्यो


काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ४४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ दोस्रो हप्ता ९० हजार नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या आज पाँच सयभन्दा तल झरेको हो ।
यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ४२ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छन । यही अवधिमा ६१ हजार दुई सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया