

कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारवाहीको माग गर्दै बीपीचोकमा प्रदर्शन



नेपालगन्ज । नेपालगन्जको सुर्खेतरोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन्।
प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो । कारले ठक्कर दिए लगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
पीडक चालक प्रहरी अनुसन्धानमा रहे पनि उसमाथि कडा कारवाही र क्षतीपुर्ति माग्दै पीडितका घर परिवारको संलग्नतामा टायर बालेर प्रदर्सन गरेका हुन् । जिल्ला प्रहरी बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेको चालक र गाडि प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए । उनले भने(‘कानूनी प्रकृया अघि बढेको छ । पीडकमाथि कारवाहीको प्रकृया अघि बढी सक्यो अनावश्यक बाटो अबरोध गरेर कुनै समाधान निस्कदैन ।’


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया