

रहेनन् काेलम्बिया फुटबल टिमका पूर्वकप्तान


लम्बिया
लम्बियाको फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो ।
कोलम्बियाको कलीमा गएको सोमवार भएको कार दुर्घटनमा रिनकोनको टाउकोमा गम्भीर चोट लागेको थियो । रिनकोनले चलाएको कार बससँग ठोक्किँदा दुर्घटना भएको थियो ।
रिनकोनको उपचारका क्रममा निधन भएको इम्बानाको क्लिनिकका मेडिकल डाइरेक्टर लौरेनो क्विनटेरोले जानकारी दिएका छन् ।
रियल मड्रिडका पूर्व मिडलफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए । उनले काेलम्बियाबाट सन् १९९०, १९९४ र १९९८ मा गरी तीन पटक विश्व कप खेलेका थिए ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया