


कृष्णनगरमा एमालेबाट ४ जना मेयर र २ उपमेयरका उम्मेदवारको नाम सिफारिश



कृष्णनगर ।
वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट कृष्णनगर नगरपालिका मेयरको उम्मेदवारका लागि ४ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ ।
मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले कृष्णनगर अध्यक्ष संदिप कुमार मौर्यले जानकारी दिनु भयो ।
कृष्णनगर मेयर पदका लागि आकांक्षी मिर्जा राशिद बेग, कुनाल प्रताप शाह, शिव प्रसाद जयसवाल, अन्नु श्रीवास्तवको नाम सिफारिस गरेको अध्यक्ष मौर्यले जानकारी दिनु भयो ।
मेयर पदका आकांक्षि मिर्जा राशिद बेग राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य हुन भने अर्का आकांक्षी कुनाल प्रताप शाह हालै नेकपा एमालेमा राष्ट्रीय अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए l त्यस्तै शिव प्रसाद जयसवाल नेकपा एमाले कृष्णनगरका नगर इन्चार्ज तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य हुन l अन्नु श्रीवास्तव नेकपा एमाले सदस्य हुन l
त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य र सहरून निशाको नाम सिफारीस गरेको छ । त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य नेकपा एमाले वडा कमिटी सदस्य हुन भने सहरून निशा नेकपा एमालेका कृष्णनगर नगर कमिटी सदस्य हुन l


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया