

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका सदस्यले गरे । तर, काठमाडौँबाट गाउँमा शव लैजान आफन्तलाई धौ–धौ प-यो ।
हेलिकोप्टर चार्टर गर्न रकम अभाव भएकाले आफन्त सकसमा परेका हुन् । “अन्त्येष्टिका लागि शव गाउँमै लैजाने कुरा भयो । तर, आर्थिक समस्याले हेलिकोप्टर चार्टर गर्न सकिएन,” स्वर्गीय उमाका आफन्त नवीन गुरुङले भने, “आफन्त र काठमाडौँमा बस्ने गोरखालीसँग सहयोग मागेर रकम जुटायौँ ।”
सुरुमा उनलाई गोरखाकै सिर्धीबास स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि एक लाख ४० हजार रुपियाँमा हेलिकोप्टर चार्टर गरी उमालाई काठमाडौँ लगिएको थियो । काठमाडौँ पुग्नेबित्तिकै उनको मृत्यु भएपछि पुनः एक लाख ६० हजार रुपियाँ जुटाएर शव गाउँ पठाउने बाध्यतामा आफन्त परेका थिए ।
काठमाडौँमा अध्ययनरत आफन्त जोनिशा गुरुङले भनिन्, “हाम्रो दुःख बुझेर धेरैले सहयोग गरिदिनुभयो । आर्थिक सहयोग जुटाएर काकीको शव गाउँ पठाउन सक्यौँ ।”
हालसम्म यातायात सञ्जाल नजोडिएको उत्तरी गोरखाका धेरै सर्वसाधारणको अस्पतालै नदेखी मृत्यु हुने गरेको छ । कसैले अस्पताल देख्छन् । तर, ऋणको भारी बोकाएर संसार छाड्छन् । “अस्पताल लगेर कोही बाँच्यो भने पनि ऋण तिर्दैमा जिन्दगी जान्छ,” चुमनुब्रीका पासाङ लामाले भने, “मरियो भने पनि परिवार र आफन्तले सास्ती भोग्नुपर्ने हुन्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया