

सार्वजनिक ऋण बढ्यो



काठमाडौं, पत्रपत्रिकाबाट । चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको अर्थमन्त्री जनार्दन शर्माले बताए । हाल कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिएका छन्।
सार्वजनिक ऋण गत आर्थिक वर्षमा कायम भएको कुल गार्हस्थ्य उत्पादनको ४३.४० प्रतिशत रहेको भन्दै अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋणको साँवा तथा व्याज भुक्तानी भएको तथा चालू आर्थिक वर्षभित्र थप ४० अर्ब भुक्तानी गर्नुपर्ने जानकारी दिए। आव २०७७र०७८ को आर्थिक सर्वेक्षणले २०७७ फागुन मसान्तसम्म मुलुकको खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको देखाएको थियो । उक्त समयमा सोही अवधिको कुल गार्हस्थ्य उत्पादन ३७।३० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा ६.१० प्रतिशतले बढेको हो। आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया