अर्घाखाँचीमा एमालेले जित्ने आधार भएपछि गठबन्धन आतंकित भए : पिताम्बर भुषाल

अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्वर भुसालले एमालेले विरूद्व सत्ता गठबन्धन दलले मिडियालाइ समेत दुरप्रयोग गरेको आरोप लगाउनुभएको छ । केही मिडिया सञ्चालकलाई प्रयोग गरि मिडिया मार्फत अफवाह फैलाउने काम भइरहेको उहाँको आरोप थियो । प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भुसालले एमाले सँग एक्लै चुनाव लड्ने तागत नभएर पाँच दलको गठबन्धन गरे पनि फेरि एमालेले जित्ने आधार भएपछि गठबन्धन आतकित भइरहेको दाबी समेत गर्नुभएको छ ।
जनता विना दलको गठबन्धनले एमाले अर्घाखाँचीलाई कुनै असर नपार्ने बताउदै एमालेका उम्मेदवार लाई विजय यात्रामा कसैले रोक्न नसक्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल,लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर पन्थी,पार्टी फ्याक्सन इन्चार्ज हिमबहादुर जिसि,केन्द्रीय प्रतिनिधि नविन केसि लगाएले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै