

आईपीएल : राजस्थान शीर्ष स्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।
राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । लखनउका क्विन्टन डी ककले ३९, मार्कुस स्टोनिसले ३८, दिपक होडाले २५, क्रुनाल पाण्डयले २२ रन बनाउँदा दुश्मन्था चामिराले १३ रन जोडे ।
राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
राजस्थानका लागि शिम्रन हिटमायर ५९, देबदूत पडिकलले ३९ रन जोड्दा रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका जासन होल्डर र कृष्नपा गोथामले दुईदुई विकेट लिए ।
यो जितसँगै राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ । लखनउको ५ खेलमा ६ अंक नै छ । लखनउ पाँचौ स्थानमा छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया