

आईपीएल : बैंगलोरको तेस्रो जित


काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित दर्ता गरेको छ । पुनेमा भएको खेलमा बैंगलोरले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो ।
सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै पुरा गरेको हो ।
बैंगलोरका लागि अनुज रावत ६६, विराट कोहलीले ४८ रन बनाए भने कप्तान फाप डु प्लेसिस १६ रनमा समेटिए । मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एकएक विकेट हात पारे ।
२० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६–२६
रन जोडे । बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २–२ विकेट लिए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । अंक जोड्न नसकेको मुम्बईको यो चौंथो हार हो ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया