

ग्यास्ट्रिकको समस्या छ ? खाली पेटमा खानुहोस “लसुन”


काठमाडौं । मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।
लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।
ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।
लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।
लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।
लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।
एजेन्सी


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया