

आईपीएल : लखनउले दिल्लीलाई हरायो


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जीत निकालेको छ ।
मुम्बईमा बिहीवार राति भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो ।
दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
जीतसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । लखनउ दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्ली ३ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।








प्रतिक्रिया