

नगर उपप्रमूख श्रीवास्तव लोसपामा प्रवेश



रुपन्देही ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उप–प्रमुख जानकीदेवी श्रीवास्तव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेकी छन् । जानकीदेवी जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी बुधबार लोसपामा प्रवेश गरेकी हुन् । लोसपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनलाई सो पार्टीका केन्द्रीय नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
उनलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीले लगायतले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट श्रीवास्तव लुम्बिनी साँस्कृतिक नगरपालिकाको उप– प्रमुखमा निर्वाचित भएकी थिइन् । चुनावकै मुखमा पार्टी परित्याग गरेपछि जसपालाई धक्का लागेको छ । नगर प्रमुख मनमोहन चौधरी भने संघीय समाजवादीमा आवद्ध रहेका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया