

नगर उपप्रमूख श्रीवास्तव लोसपामा प्रवेश



रुपन्देही ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उप–प्रमुख जानकीदेवी श्रीवास्तव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेकी छन् । जानकीदेवी जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी बुधबार लोसपामा प्रवेश गरेकी हुन् । लोसपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनलाई सो पार्टीका केन्द्रीय नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
उनलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीले लगायतले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट श्रीवास्तव लुम्बिनी साँस्कृतिक नगरपालिकाको उप– प्रमुखमा निर्वाचित भएकी थिइन् । चुनावकै मुखमा पार्टी परित्याग गरेपछि जसपालाई धक्का लागेको छ । नगर प्रमुख मनमोहन चौधरी भने संघीय समाजवादीमा आवद्ध रहेका छन् ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया