माओवादी केन्द्र बाणगंगा ९ भलवाडमा वडा कमिटीको पुर्ण बैठक सम्पन्न

प्रयास पोख्रेल, कपिलबस्तु ।
नेकपा माओबादी केन्द्र कपिलबस्तुको बाणगंगा वडा न ९मा वडा कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । वडा न. ९ का अध्यक्ष भविश्वर भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य नारायण भुसालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी भुसालले शहिदको वलिदानलाई माओवादी पार्टीले मात्रै सही मार्गदर्शन गर्न सक्ने बताउनु भयो साथै कपिलबस्तुमा भएको अहिले सम्मको विकासको कार्यमा माओबादी अग्रपंतिमा रहेको दाबी समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा वाणगंगा नगर अध्यक्ष देबराज अर्याल, उपाध्यक्ष टेकेन्द्र कुमार क्षत्री, सचिव प्रेम बिक, सदस्यहरु भोजराज भट्टराइ, ठाकुर प्रसाद खनाल लगायतको उपस्थीतिमा रहेको थियो । बैठकले भविश्वर भुसालको संयोजकत्वमा ५१ सदस्यिय निर्वाचन परिचालन समिती गठन गरेको छ । कुन्तामणि भुषालकाे स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन लेखनाथ पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै